माछापुच्छ्रेमा धान दिवस

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ३ धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भूमे सिर्जनशील कृषक समूहको आयोजनामा रोपाई महोत्सव भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान उत्पादन बढाउन सबैले पहल गर्नुपर्ने जनाए । कृषकको जीवनस्तर उकास्न विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट हुने कार्यक्रम थप प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारी, माछापुच्छ्रे ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल, भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय कृषि विकास महाशाखा गण्डकी प्रमुख बालकृष्ण अधिकारी, सोही मन्त्रालयका सचिव हरिबहादुर केसी, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, मीना पोख्रेल लगायतले बोलेका थिए ।
भूमे सृजनशील कृषक समूह अध्यक्ष रविलाल पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया