मगर सांस्कृतिक संघमा सरिता

समाधान संवाददाता २०७९ असार १६ गते १२:५४

पोखरा ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि सरिता सारू मगर सर्वसम्मत चुनिएकी छन् । मंगलबार भएको अधिवेशनबाट उपाध्यक्षमा दिलु फगामी मगर, महिला उपाध्यक्षमा सृजना आले मगर, सचिवमा वसन्ती थापा मगर, सहसचिवमा सन्तोष पुन मगर, कोषाध्यक्षमा कल्पना आले मगर र सहकोषाध्यक्षमा चिना थापा मगर सर्वसम्मत बने ।

Advertisement

सदस्यमा बबिता बुढा मगर, रामचन्द्र थापा मगर, आकाश बुढा मगर, तारा थापा मगर, निशा पुन मगर, दिलु श्रीस मगर, रेशम थापा मगर, बत्ती थापा मगर, पप्पु थापा मगर, लाली थापा मगर, ललिता पुन मगर र निरा थापा मगर छन् । कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज पदम थापा मगरले मगर जाति कला, साहित्य र संगीतको धनी रहेको बताए । गीत संगीत क्षेत्रमा आबद्ध मगर कलाकारलाई एकताबद्ध गर्दै संघअघि बढेको बताउँदै उनले मगर कलाकारको सुख दुःखमा संघ सधैं साथमा रहने उल्लेख गरे ।

नेपाल मगर संघ कास्की सचिवालय सदस्य गोविन्द पुन मगरले मगर कलाकारले गायन र नृत्य क्षेत्रमा अभ्यस्त हुनेमात्र नभई सांगठनिक नेतृत्वका लागि समेत अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीस मगरले मगर लगायतका आदिवासी जनजाति समुदायबाटै मौलिक लोक गीत संगीतको उत्पत्ति भएको दाबी गरे । आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी सन्तोष पिठाकोटे मगरले मगर चलचित्रकर्मी संघ र मगर सांस्कृतिक संघका बीच सहकार्यको आवश्यकता औंल्याए ।

Advertisement

नेपाल मगर सांस्कृतिक संघ कास्कीका संस्थापक सह सचिव सञ्जय पुन मगरले सबै मगर कलाकारलाई संघमा आबद्ध गराउँदै आफ्नो समुदायका बारेमा प्रशिक्षित गराउनुपर्ने बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरज थापा मगर र सचिव सुरेश राना मगरले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया