सरकार मजदुरको विपक्षीः शर्मा

पोखरा ।
नेपालमा जुनसुकै पार्टीको सरकार बने पनि ती मजदुर विरोधी बन्ने गरेको एक कार्यक्रमका वक्ताले गुनासो गरे । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले मजदुरका समस्या समाधान गर्न सबै ट्रेड युनियनकर्मी एक हुनुको विकल्प नभएको बताए ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति पोखराको आयोजनामा बुधबार भएको कार्यक्रममा उनले खानेपानी संस्थानमा करारका कर्मचारीको समस्या समाधानमा ट्रेड युनियन कांग्रेसको तर्फबाट पूर्ण सहयोग हुने बताए । कर्मचारी संघ इकाइ समिति अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले परंपरागत संस्कृतिको संरक्षण र जगेर्ना गर्ने कर्मचारी संघलाई धन्यवाद दिँदै उपभोक्तालाई सेवा दिने संस्थामा कार्यरत कर्मचारी असुरक्षित हुनु, लामो समयसम्म करार तथा ज्यालादारीमा रहनु उचित नहुने उल्लेख गरे ।
कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीका अनेक समस्या भएको बताउँदै समाधानमा आफू क्रियाशील हुने प्रतिवद्धता गरे । नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की उपाध्यक्ष रुककुमार श्रेष्ठ, कर्मचारी संघ इकाई समिति सहसचिव विमल तिम्सिना, संघका सदस्य विक्रम बरुवाल, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका प्रतिनिधि हरि पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया