असार २४ गते बिहे गर्दै नीता र हरिहर

समाधान संवाददाता २०७९ असार १६ गते १६:५१

काठमाडौं ।
नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीले आउँदो असार २४ गते बिहे गर्ने भएका छन् । आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको बताइएको छ । दुवै समारोह होटल याक एन्ड यतिमा आयोजना हुने छन् । चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको बताइएको छ ।

नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । उनका भाइ र हरिहर साथी थिए । भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच मित्रता झ्यागंगिदै गएको बताइन्छ । ज्योतिष पेसामा रमाइरहेका हरिहर चलचित्रमा आएको धेरै भएको छैन भने नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया