मुस्ताङको पाक्लिङमा ११ करोडको गुम्बा बन्दै

समाधान संवाददाता २०७९ असार १६ गते १८:१२

जोमसोम–

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र– ४ पाक्लिङमा भ्याटसहित ११ करोड ५० लाख लागतको शेन्तेन धाग्यालिङ बोन गुम्बा आध्यात्मिक अध्यन केन्द्र परियोजना अन्तर्गत धार्मिक बोन गुम्बा निर्माणकार्य भईरहेको छ ।अमेरिका स्थित पोईन्ट आउट ग्रेड ओईल र अष्ट्रेलिया स्थित ग्लोबल डेभलमेन्ट नामक संस्थाको सयुक्त साझेदार अनुदान सहयोगमा वारागुङ मुक्तिक्षेत्रको पाक्लिङमा ४ तले बोन गुम्बा निर्माणकार्य अघि बढाईएको हो ।

लोपोन्मुख बोन धर्मको संरक्षण,ध्यान केन्द्र,स्कुलिङ र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको बोन गुम्बा निर्माणको जिम्मा मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले लिएको छ ।गरिब तथा कठिन परिस्थितीका बालबालिका र युवाका लागि शैक्षिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले मुस्ताङमा यो संस्थाले काम गर्दैआईरहेको संस्थाका अध्यक्ष गेसे सोनामले जानकारी दिए ।

Advertisement

गेसे सोनाम लामा बोन धर्मका अभियान्ता एवं गुरु हुन् ।उनले बर्सेनि अमेरिका,क्यानडा,अष्ट्रेलिया र युरोपेली देशहरुमा पुगेर बोन धर्मको प्रशिक्षण र शिक्षा दिने गर्छन भने उनले त्यहा बोन धर्मका अनुयायीहरुलाई योग अभ्यास गराउने गर्छन । अमेरिकामा हुने विभिन्न बोन सम्वन्धि धार्मिक कार्यक्रममा संकलन भएको रकम अमेरिका र अष्ट्रेलियामा रहेको संस्थाको कोषमा संकलन हुने गर्छ ।सोही कोषको रकम मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रको गुरुयोजना अनुसार धार्मिक बोन गुम्बा निर्माणको काम थालनी गरिएको संस्थाका अध्यक्ष गेसे सोनामले जानकारी दिए ।

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र संस्थाले गत वर्ष वारागुङ मुक्तिक्षेत्र पाक्लिङमा १५ रोपनी जग्गा बोन गुम्बा निर्माण तथा बहुउद्देश्य पूर्वाधार निर्माण गर्न व्यक्तिको जग्गा संस्थाको नाममा खरिद गरेको थियो ।संस्थाले पाक्लिङमा पूर्वाधार निर्माण गर्न २०७८ भदौ ६ गते १५ क।रोडको लागत खाँका प्रस्तुत गरेको थियो । यसका लागि पूर्वाधार निर्माणसंग जोडिएका बिषयमा जिल्ला र स्थानीय तह स्तरीय परियोजना सम्वन्धि छलफल अन्तरक्रिया गरिएको थियो ।छलफलमा स्थानीय प्रशासन,एक्याप,बिद्युत,संञ्चार,खानेपानी र स्थानीय सरोकारवाला निकायलाई यसबारे जानकारी गराएको थियो ।

Advertisement

मुस्ताङका पाक्लिङमा निर्माणधिन बोन गुम्बा पहिलो चरणको कार्यक्रममा समावेश गरिएको हो ।दोश्रो चरणमा बिद्यार्थीको लागि छात्रावास भवन र कक्षा कोठा निर्माण गरिने छ भने तेश्रो तथा अन्तिम चरणमा मेडिकल क्लिनीक र लामा तथा अपाङ्गमैत्री आवास भवन ध्यान केन्द्र निर्माण गरिने संस्थाको प्रोजेक्ट ईन्जिनीयर सुदिप थकालीले जानकारी दिए ।

पाक्लिङमा निर्माणधिन बोन गुम्बाको काम गर्ने जिम्मा एम.बि. अमित जेभीले लिएका हो । सन् २०२२ को अप्रिल ११ तारिखमा सम्झौता भएको बोन गुम्बा निर्माण सन् २०२४ को अप्रिलमा सक्ने लक्ष्य लिइएको ईन्जिनीयर थकालीले बताए । उनका अनुसार पहिलो चरणमा गुम्बा निर्माण गर्न सिभिल,ईलेक्ट्रेकल,पम्लिङ र फायर फाईटिङ लगायतको ठेक्का प्रक्रिया अघि बढेको छ भने दोश्रो चरण्मा काठको काम,फर्निचर र पेन्टिङको ठेक्का लगाईने उनले बताए ।

विदेशी अनुदानमा निर्माण भईरहेको बोन गुम्बा र त्यहा निर्माण हुने बहुउद्देश्य सरचनाका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले बिस्तृत परियोजना प्रतिवेदन ( प्रपोजल()नेपाल सरकार अन्तर्गत समाजकल्याण परिषदमा पेश गर्नुपर्ने र त्यसको भेरिफाई गरी स्वीकृत गरेपछि मात्र विदेशी अनुदान निकासा हुने गर्छ ।

पाक्लिङमा बोन धर्म सम्वन्धि परियोजना पूर्वाधार निर्माण भईसकेपछि बहुउद्देश्य भवनमा शैक्षिक सुविधा उपलब्ध गराईने,सो क्षेत्र आसपास र दुर्गभ भेकका शैक्षिक सुविधाबाट बञ्चित बालबालिकालाई पठन÷पाठनको व्यवस्था मिलाउने जनाईएको छ

परियोजना सम्पन्न भएपछि १ सय बिद्यार्थी र १ सय युवालाई शैक्षिक सुविधा उपलब्ध गराईने सस्थाले जनाएको छ ।यस्तै बहुउद्देश्य भवनमा आध्यात्मिक तथा धार्मिक आवश्यकता पूर्ती गरिने छ भने आध्यात्मिक ध्यानकेन्द्रमा स्वदेशी तथा विदेशी पनि सहभागी हुन पाउँने छन् ।

तपाईको प्रतिक्रिया