पोखरामा चिनियाहरुको कम्पनीमा प्रहरी छापा, ३ जना पक्राउ
समाधान संवाददाता
२०७९ असार १६ गते १८:१८
पोखराको ड्यामसाइडमा चिनियाँ नागरिकहरुले चलाइरहेको कम्पनीमा अवैध गतिविधिको आशंकामा प्रहरीले छापा मारेको छ।
अवैध गतिविधि गरेको आशंकामा प्रहरीले बिहीबार दिउँसो छापा मारी ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। ती चिनियाँहरुले सूचना प्रविधि (आइटी)सम्बन्धी कम्पनीमार्फत् मानिसहरुलाई जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएका थिए। उनीहरु अन्य अवैध गतिविधिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले ३ चिनियाँ नागरिकलाई सोधपुछ तथा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकहरु नेपाल बस्दा कुन प्रयोग गरेको भिसा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया