दलबीच विवाद हुँदा बजेट छलफल अझै अनिश्चित

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ गते प्रस्तुत गरेको बजेटमा सत्तारुढ दलबीच नै विवाद हुँदा बजेट छलफल अझै सुरु हुन सकेको छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट अर्थमन्त्री रामजीप्रसाद बरालले हटाएको भन्दै सत्तारुढ दलबाट विरोध भएसँगै १६ दिन बितिसक्दा पनि बजेट छलफल अनिश्चित बनेको हो ।
असार ५ गते बोलाइको बैठक बजेटकै विषयमा सहमति नहुँदा अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो । त्यसयता बैठक बस्न सकेको छैन । सहमतिका लागि बिहीबार मुख्यमन्त्री, अर्थमन्त्री र सत्तारुढ दल माओवादीबीच छलफल भएको छ । छलफलमा माओवादीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पूर्वाधारमै खर्च गर्न गरी समावेश गर्ने गरी प्रस्ताव गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
सकेसम्म सोही नामबाटै कार्यक्रम लैजाने र नभए नाम परिर्वतन गरेर भए पनि उक्त कार्यक्रम समावेश गर्न प्रस्ताव बैठकमा राखेको सांसद चुमानले बताए । बिहीबार बिहान माओवादी संसदीय दलको बैठक बसेको थियो ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया