दलबीच विवाद हुँदा बजेट छलफल अझै अनिश्चित

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ गते प्रस्तुत गरेको बजेटमा सत्तारुढ दलबीच नै विवाद हुँदा बजेट छलफल अझै सुरु हुन सकेको छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट अर्थमन्त्री रामजीप्रसाद बरालले हटाएको भन्दै सत्तारुढ दलबाट विरोध भएसँगै १६ दिन बितिसक्दा पनि बजेट छलफल अनिश्चित बनेको हो ।
असार ५ गते बोलाइको बैठक बजेटकै विषयमा सहमति नहुँदा अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो । त्यसयता बैठक बस्न सकेको छैन । सहमतिका लागि बिहीबार मुख्यमन्त्री, अर्थमन्त्री र सत्तारुढ दल माओवादीबीच छलफल भएको छ । छलफलमा माओवादीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम पूर्वाधारमै खर्च गर्न गरी समावेश गर्ने गरी प्रस्ताव गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
सकेसम्म सोही नामबाटै कार्यक्रम लैजाने र नभए नाम परिर्वतन गरेर भए पनि उक्त कार्यक्रम समावेश गर्न प्रस्ताव बैठकमा राखेको सांसद चुमानले बताए । बिहीबार बिहान माओवादी संसदीय दलको बैठक बसेको थियो ।








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया