४४ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ असार १७ गते ११:०२

पोखरा ।
अर्जुन चौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ बिरौटाले बिहीबार खुला रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४४ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष हेमनारायण चापागाईले जानकारी दिए ।

पोखरा महानगरपालिकाका नेकपा (एमाले)का सचेतक तथा वडा नम्बर १७ का अध्यक्ष राधिका शाही योगीले सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका सामाजिक तथा रचनात्मक कार्यक्रम गरेको बताइन् । अध्यक्ष चापागाईले सहकारीले सेयर सदस्यको हकहितका अलवा सरसफाइ, रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया