‘कृषि विकास बैंकसँग कृषि एम्बुलेन्स’

पोखरा ।
पोखरा १४ चाउथेमा कृषि विकास बैंकको शाखा सञ्चालनमा आएको छ । शुक्रबार महानगरका मेयर धनराज आचार्यले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०२४ सालमा स्थापना भएर सेवा दिँदै आएको बैैंकले २ सय ९० औं शाखा चाउथेमा सुरु गरेको हो । बैंकले पोखरामा ६ र गण्डकी प्रदेशमा ३० वटा शाखा सञ्चालनमा ल्याएको बैंकका गण्डकी प्रदेश पोखरा कार्यालयका निर्देशक धनेन्द्र अधिकारीले जानकारी दिए ।

बैशाखको पहिलो साताबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको बैंकले शुक्रबार महानगरका मेयर, बैंकका सिइओ, नागरिक समाज, टोल विकास संस्था, कर्मचारी, वृद्धिजिवी, ग्राहक लगायतको औपचारिक कार्यक्रममा शाखाको सुभारभ्भ मेयर आचार्यले गरे ।
मेयर आचार्यले कार्यक्रमा बोल्दै पोखरा टुरिजम सिटी भएकाले पर्यटकीय गतिविधिसँग कृषिलाई जोड दिनुपर्ने बताए । उत्पादन वृद्धि नगरी विकासले गति लिन नसक्ने भएकाले किसानलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ । कृषि विकास बैंकसँग मिलेर कृषि एम्बुलेन्स सञ्चालन ल्याउन मेयर आचार्यले बताए । ‘कृषि उत्पादन बढाउन कृषि विकास बैंक र पोखरा महानगर मिलेर कृषि एम्बुलेन्स सञ्चालन ल्याउँछौं । किसानले उत्पादन गरेको वस्तुहरु महागरका ३३ वटै वडामा सर्भिस केन्द्र, विक्री केन्द्र र कलेक्सन केन्द्रहरु बनाएर बजारी करण साथै उचित मुल्य किसान दाजु भाईलाई दिलाउँछौं । बाँच्नका लागी मात्र नभएर नाफा गर्न सक्ने अवस्थामा महानगरले काम गर्छ,’ आचार्यले भने ।

बाजो जमिनलाई उत्पादनसँग जोड्न ब्याक टु नेचर कार्यक्रम सञ्चालन गर्ने आचार्यको भनाइ छ । उनले कृषि बैंकले किसान दाजुभाइको वृद्धि विकासमा बैंकमार्फत काम गर्दै आएकाले आगमी दिनको सुभकामना दिए । कार्यक्रममा शाखा कार्यालय चाउथेका प्रबन्धक नारायण भण्डारीले सुभाकामना मतव्य राखेका थिए । उनले यसअघि बाट शाखा सञ्चालन आएपनि शुक्रबार मात्र औपचारीक सुरु गरिएको बताए । ‘बैशाख पहिलो साताबाटै हामीहरुले सेवा सुरु गरेका हौं । यसमा हामीहरुले टेलर पेमेट, एटिएम, मोबाइल बैंकिङ, सेयरसम्बन्धी सम्पूर्णकामको सुरु गर्दै आएका छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, कृषि विकास बैंकका कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, बैंकका सञ्चालक हरी प्रसाद पराजुलीले बोलेका थिए ।

गण्डकी निर्देशक अधिकारीले बैंकले नुनदेखि सुनसम्मको कारोबार गर्दे आएकाले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकारसमक्ष बैंक सदैव हातेमालागर्न तयार रहेको बताए । उनले बैंकले उत्पादनसँग जोड्न थप कार्यक्रम गरेर जाने बताए । ‘हामीले विगतमा पनि कृषि उत्पादनमै जोड दिँदै आएका छौं । याे शाखाबाट पनि हामी उत्पादन र किसानसँग जाेडिएर काम गर्छाैं । बैंकले करिब आधा हिस्सा कृषिमै लगानी गरेका छ । यसलाई उत्पादनसँग जोडेर स्थानीय सरकासँग सहकार्य गर्न बैंक तयार छ,’ उनले भने ।

कार्यक्रमको सञ्चालन बैंकका गण्डकी प्रदेश पोखराका बरिष्ठ शाखा प्रमुख शम्भु पौडेलले गरेका थिए ।
तपाईको प्रतिक्रिया