मणिपालको अवरोध हट्यो, कर्मचारी र व्यवस्थापनबीच सहमति

अभिषेक अधिकारी २०७९ असार १९ गते १०:२७

पोखरा ।
मणिपाल शिक्षण अस्पातालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति भएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेल र अस्पतालका प्रशासक भानु भारद्वाजले कर्मचारी र व्यवस्थापनबीच सहमति जुटेको पुष्टि गरे ।

गुरुङ र भारद्वाज दुवैले आइतबारदेखि पूर्ण रुपमा ओपिडी सेवा चल्ने जनाए । दैनिक ६ सय बिरामीलाई ओपिडी सेवा लिने मणिपालमा कर्मचारी अवरोधले दैनिक २ सयले मात्र ओपिडी सेवा पाएका थिए । कर्मचारीले दैनिक ५ घन्टा ओपिडी बन्द गराउँदै आएका थिए ।

गत जेठ १८ देखि विभिन्न मागसहित धर्नामा बसेका कर्मचारीको मागमा शुक्रबार सहमति जुटेको छ ।कर्मचारी युनियनका अध्यक्ष पौडेलले सुत्केरी बिदा र किरिया बिदा श्रम ऐन बमोजिमनै हुने सहमति जुटेको सुनाए ।अस्पतालमा आवद्ध कर्मचारी र व्यास्थापनबीच सन् २०१० मा भएको सहमति बमोजिम नै उपदान दिइने भएको छ ।

Advertisement

२०७४ भन्दायता अस्पातालमा आवद्ध कर्मचारीले भने श्रम ऐन २०७४ बमोजिम नै उपदान पाउने सहमति जुटेको छ । सन् २०१०को सम्झौत बमोजिम ५ वर्ष काम गरेका कर्मचारीले ३० प्रतिशत उपदान, १० वर्ष काम गरेकाले ६६ प्रतिशत, १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले शत प्रतिशत उपदान पाउने सहमति भएको छ ।अध्यक्ष पौडेलले भने, ‘अस्थायी कर्मचारीलाई ६० दिनभित्र स्थायी गर्ने सहमति जुटेको छ । तलब वृद्धिको विषयमा ३० दिनभित्र समाधान खोजिने सहमति छ ।’

Advertisement

तपाईको प्रतिक्रिया