कालिका माविमा वृक्षारोपण

समाधान संवाददाता २०७९ असार १९ गते ११:२६

पोखरा ।
लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०२२/०२३ को कार्यकाल सुरुवातसँगै कालिका माध्यमिक विद्यालय रामबजारमा वृक्षारोपण तथा छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रममा विद्यालयमा कक्षा १२ मा अध्ययरत छात्रा संगीता तामाङलाई १ वर्षको शुल्क १५ हजारसहित शैक्षिक सामाग्री प्रदान गरियो ।

लायन्स क्लब इन्टरनेसनल ३२५ एम नेपालका द्वितीय भाइस डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले अशोकाको बिरुवा रोपी कार्यक्रम उद्घाटन गरे । उनले वातावरणलाई स्वच्छ र हराभरा बनाउनका लागि वृक्षारोपण गरिएको बताए । कार्यक्रममा लायन वर्ष २०२२/०२३ का अध्यक्ष दीपकराज पौडेल, डिस्ट्रिक्ट सेक्रेटरी विकास भुर्तेल, क्लबका सचिव त्रिलोचन गौतम, विद्यालयका सहायक प्रधानाध्यापकहरु श्रीराम आचार्य र बासुदेव अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया