वडा स्तरीय अंग्रेजी हिज्जेमा सोसल पब्लिक प्रथम

समाधान संवाददाता २०७९ असार १९ गते ११:२८

पोखरा ।
पोखरा महानगरपालिका १० नं. वडा कार्यालयले आधारभूत तहको वडा स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता गरेको छ । कालिका माध्यमिक विद्यालय रामबजारको व्यवस्थापनमा भएको प्रतियोगितामा सोसल पब्लिक स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा मेट्रो पोलिटेन्ट बोर्डिङ स्कुल द्वितीय, प्यारामाउन्ट बोर्डिङ स्कुल तृतीय र सैनिक आवासीय महाविद्यालय फूलबारीले सान्तवना हुँदै पुरस्कार पाए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वाना हुने विद्यालयले क्रमशः २ हजार ५ सय, २ हजार, १ हजार ५ सय र १ हजार नगदसहित सिल्ड र प्रमाणपत्र पाएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप आवश्यक पर्ने बताए । कार्यक्रममा वडा सदस्य परमेश्वर कार्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीपकबहादुर थापा, प्रधानाध्यापक बलराम गिरी, वडा सचिव हरिकृष्ण कार्की, कार्यक्रम संयोजक सूर्यमोहन ढकाल, शिक्षक विजय सापकोटा लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया