पोखरा विश्वविद्यालयमा प्रशिक्षण

पोखरा ।
पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर ‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा सञ्चालित प्रशिक्षणमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ, मध्यनेपाल नगरपालिका एवं विभिन्न अनुसन्धान एवं प्राविधिक परामर्शदाता इन्जिनियर एवं आर्किटेक्ट गरी २३ को उपस्थिति थियो ।
प्रशिक्षण अवधिमा प्रशिक्षार्थीलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य तथा उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो । सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौती, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो सहर र प्रकार, कम कार्बन सिटी÷हरित सहर÷स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन÷आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीलाई प्रस्तुतीकरण गरिएको थियो ।
नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्यान्ड पुलिङ, दिगो पानी आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यको विषय समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षकमा योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्राडा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका उप–प्रा एवं विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ थिए ।
प्रशिक्षण २ दिन भौतिक उपस्थिति र ५ दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो । कार्यक्रमको समापन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह–प्राडा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्कायका डीन सहप्रा राजेशकुमार ठगुराठी, स्कुल अफ इन्ञ्जनियरिङका स्कुल निर्देशक उपप्रा ओमप्रकाश गिरी, योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्राडा सञ्जय उप्रेती, नेपाल इन्जिनियरिङ एसोसिएुनका गण्डकी प्रदेश सदस्य इन्जिनीयर रवीन्द्रलाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया