कास्की बडी बिल्डिङमा रक्तदान

समाधान संवाददाता २०७९ असार १९ गते १२:२५

पोखरा ।
कास्की बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ३ को सहयोगमा आयोजना गरिएको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले २७ पटक रक्तदान गरेका युवराज आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।

उदासले संस्थाले अहिलेको विषम परिस्थितिमा पनि मानवीय काम गरेकोमा धन्यवादा थिए । उनले विकास, निर्माण र जनताको सरोकारका विषयमा वडा कार्यालय सहकार्य गर्न तयार रहेको बताए । कास्की बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनका अध्यक्ष राकेश जोशीले रगत अभावका कारण कसैले पनि ज्यान नगुमाउन नपरोस् भनी कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा एसोसियसनका निवर्तमान अध्यक्ष राजकुमार थापा, द्वितीय उपाध्यक्ष दीपक बास्तोला, सहसचिव प्रकाश पौडेल लगायतले बोलेका थिए । समारोहमा पोखरा ३ मा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मानसमेत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया