
मुस्ताङ ।
चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो ।
गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ खेलेका थिए । लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताए । उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष २०७९/८० मा रु १० लाख विनियोजन गरेको छ ।
गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो । गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ । त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान रहेको छ । उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन् ।
गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ । उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया