सरकार–निजी क्षेत्र सहकार्यबाट समृद्धिः आचार्य

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज अचार्यले सरकार र निजी क्षेत्र मिलेरमात्र सबै क्षेत्रमा समृद्धि ल्याउन सकिने बताएका छन् । शनिबार पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको उद्यमी लगानीकर्ता सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रमुख आचार्यले सरकार एक्लैले सबै कुरा गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरकारले हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखे । सरकारले नीतिगत रुपमा सहज ढंगले लगानीको वातावरण बनाउने र निजी क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘सरकार र निजी क्षेत्र मिलेरमात्र सबै क्षेत्रमा समृद्धि ल्याउन सकिन्छ । सरकार एक्लैले केही गर्न सक्दैन । निजी क्षेत्रसँग हातमा हात र काँधमा काँध मिलाएर काम गर्ने हो । सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने हो । लगानी निजी क्षेत्रले गर्ने हो,’ उनले भने ।
संविधानले तीन वटै तहका सरकारका सिमा र अधिकार तोकिदिएको भन्दै उनले तीन वटै सरकारको नेतृत्व गर्नेहरुले आफ्नो सीमा र संविधानले दिएको अधिकारलाई मनन गर्नुपर्ने औंल्याए । केन्द्रमा बस्नेहरुले अधिकार प्रदेशमा दिन नखोज्ने, प्रदेशमा बस्नेहरुले स्थानीय तहसाग सहकार्य गर्न नखोज्ने र स्थानीय सरकारमा बस्नेले पनि आफैंमा सबै थोक हो भन्ने प्रवृति विकास निर्माण र जनताका लागि हितकर नहुने उनले टिप्पणी गरेका छन् ।
आफूले जहाँ नेतृत्व गर्ने अवसर आउँछ, त्यहीँ सबै कुरा हो भन्ने प्रवृतिले मुलुक नबन्ने उनले बताए । जनहितलाई केन्द्रमा राखेर संविधानले दिएको अधिकारलाई समन्वयात्मक ढंगले उपयोग गरेमात्र जनताले खोजेको विकास र समृद्धि दिन सकिने मेयर आचार्यको धारणा थियो । पोखरा अथाहा पर्यटकीय सम्भवना बोकेको सहर रहेकाले यहाँको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । उनले पर्यटन क्षेत्रका लागी महानगरले ५० करोड भन्दा धेरै बजेट छुट्याएको समेत उक्त अवसरमा जानकारी दिए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया