तालिमलाई व्यवहारमा उतारौंः उपमेयर गुरुङ

समाधान संवाददाता २०७९ असार २० गते ११:०२

पोखरा ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित ६५ दिने छोटो अवधिको निशुल्क तालिहहरु इसिडि सहजकर्ता तालिम(मन्टेसरी अवधारणा) र सहायक सूचिकार तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

Advertisement

उपप्रमुख गुरुङले तालिमबाट सिकेको ज्ञान र सीपलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । ‘ज्ञान र सीपलाई उत्पादनसँगै आयआर्जनमा जोडनुपर्छ,’ उनले भनिन्, ‘अब सिकेको सीपलाई व्यवसायीकरण गर्नुपर्छ अन्यथा तालिमको महत्व हुँदैन ।’
उनले एउटा तालिम लिने त्यो प्रमाणपत्र घरमा राखेर फेरि अर्को तालिम सिक्न हिड्ने प्रवृत्ति त्यागेर तालिममा सिकेको सीप सदुपयोग गर्दै आयआर्जनमा लाग्न आग्रह गरिन् । उपप्रमुख गुरुङले पोखरा महानगरले नागरिकलाई व्यवसायी र उद्यमी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष पवन प्रजापती, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी बहुप्राविधिकका निर्देशक लक्ष्मण तिमिल्सिना लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया