चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारीता पुरस्कार कुशुमलाई

लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापना गरिएको यस वर्षको चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारीता पुरस्कारबाट वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली सम्मानित भएका छन् ।
लेखनाथ उद्योग बाणिज्य संघको २६ औं स्थापना दिवश तथा २५ औं बार्षिकोत्सवका अवसरमा सोमवार राखिएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमिला भण्डारीले पराजुलीको नाम सार्वजानीक गरेकी हुन् ।
संघका सस्थापक अध्यक्ष कर्माचार्यले आफु ७० वर्ष पुगेपछि राज्यबाट पाउने जेष्ठ नागरिकको भत्तामा थप गरि जेष्ठ नागरिकको क्षेत्रमा कमल चलाउने पत्रकारलाई बार्षिक एक लाख एक हजार राशीको पुरस्कार दिने घोषणा गरेका हुन् । विगत चार दशक देखि पत्रकारीको क्षेत्रमा कलम चलाउदै आएका पराजुली पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष हुन् । भने पछिल्लो समय उनले पोखरा बृद्धाश्रमको अध्यक्ष भएर जेष्ठ नागरिकको प्रतक्ष्य सेवा गर्दै आएका छन् ।
पुरस्कार छनोट समितिमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,पुर्व अध्यक्ष बाबुराम गिरी,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमिला भण्डरी,पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र परिवार जनको तर्फबाट माईकल कमाचार्य रहेका थिए ।
यस अघि उक्त पुरस्कारबाट पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष अग्रज पत्रकार नारायण कार्की सम्मानित भईसकेका छन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया