शिक्षा

जिसस अनुगमन : छोसेरको दिव्यदीप विद्यालयमा चरम बेथिती

समाधान संवाददाता २०७९ असार २० गते १८:१२

जोमसोम–

चिनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको छोसेर स्थित दिव्यदीप माविको शैक्षिक तथा व्यवस्थापन पक्षमा चरम बेथिती देखिएको छ ।जिल्ला समन्वय समिति मुस्ताङले गत असार ४ गते दिव्यदीपको शैक्षिक अनुगमन गर्ने क्रममा त्यहा बग्रेल्ती बेथिती रहेको पाईएको हो ।

जिसस उपप्रमुख आईतेलाल थकालीको नेतृत्वमा निमित्त जिसस अधिकारी शिवकुमार पौडेल र जिसस सदस्य विमल नेपालीसहितको टोलीले दिव्यदीप माविको अनुगमन गरेको थियो ।अनुगमनका क्रममा जिससको टोलीले सो विद्यालयका शिक्षकहरुसंग छलफल गरेको थियो भने सो बिद्यालयको व्यवस्थापन समितिलाई सूचना दिएपनि १ जना सदस्य मात्र उपस्थित थिए ।

Advertisement

दिव्यदीप विद्यालयमा कार्यरत शिक्षकहरुले हालका निमित्त करारको प्रधानाध्यापक हटाएर स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्नु पर्ने सुझाव जिससको टोली समक्ष पेश गरेका छन् ।

बिद्यालयको शौचालय,खानेपानी,विद्यालयको प्रशासनिक समस्या र शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन भर्ने तथा शिक्षक पदपूर्ती गर्ने समस्या लगायतका बिषयमा छलफल भएको निमित्त जिसस अधिकारी शिवकुमार पौडेलले जानकारी दिए ।

Advertisement

छोसेरको दिव्यदीप स्कुल प्रधानाध्यापक नहुँदा चरम वेथिती सृजना भएको जिल्ला समन्वय समिति मुस्ताङको ठहर छ ।समितिले दिव्यदीप विद्यालयको उत्पन्न समस्या समाधानका लागि चाँडै आवश्यक पहल थाल्ने जनाएको छ ।
दिव्यदीप विद्यालयमा खानेपानीको समस्या हुँदा शौचालय दुर्गन्धित छ ।बिद्यालयको छात्रावास भवनको जस्ता फेर्न लागिएपनि छात्रावास भवन ह््वाङ्ै हुँदा त्यहाँ अध्ययनरत विद्यार्थीलाई निकै सास्ती परेको छ ।दिव्यदीप विद्यालयको सञ्चालन तथा व्यवस्थापन पक्ष राम्रो नभएको निमित्त समन्वय अधिकारी पौडेलको भनाई छ ।

छोसेरको दिव्यदीप विद्यालय रहेको लोमान्थाङ गाउँपालिकामा शिक्षा शाखा हेर्ने अधिकारी लामो समयदेखि रिक्त हुँदा दिव्यदीप स्कुलको शैक्षिक तथा व्यवस्थापन पक्ष खस्किन पुगेको हो । दिव्यदीपमा अहिले मावि र निमावि तहका १÷१ जना स्थायी शिक्षक छन् भने प्रावि तहमा जम्मा ४ जना स्थायी शिक्षक र अन्य ५÷६ जना करारमा भर्ना गरिएका शिक्षक छन् ।

दिव्यदीपमा अहिले स्थायी दरबन्दीको प्रधानाध्यापक नहुँदा स्थायी शिक्षकहरुको कार्यसम्पादन मूल्यांकन तथा पदपूर्ती गर्नमा समस्या उत्पन्न भएको पाईएको छ ।यसअघि विभिन्न कारणले सरुवा भई गएका पूर्व प्रधानाध्यापकले करारमा भर्ना गरिएका शिक्षक भोजराज तिवारीलाई निमित्त दिईएको थियो ।दिव्यदीपमा कार्यसम्पादन मूल्याङ्क गर्ने आधिकारिक व्यक्ति नहुँदा शिक्षकहरुलाई स्वमूल्याङ्कमा समस्या उत्पन्न देखिएको छ ।
निमित्त पाएका करारका प्रधानाध्यापक पनि विद्यालयमा बस्दैन । उनी बिदा स्वीकृत नगरी लामो समयदेखि जिल्ला बाहिर रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

यस्तै, करारमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी पाएका अस्थायी शिक्षक भोजराज तिवारी विद्यालयप्रति संवेदनशील नरहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । सस्थागत हिसाबले विद्यालयको क्षमता विकासका लागि अध्ययन÷अध्यापन व्यवस्थित गर्न बिषयगत शिक्षकको आवश्यकता पर्नेमा त्यसको व्यवस्थापन गर्नमा निमित्त प्रधानाध्यापक तिवारी चुकेको समन्वय ईकाई प्रमुख पौडेलको बुझाई छ ।

दिव्यदीपमा अहिले विज्ञान बिषयको शिक्षक रिक्त छ ।तर,समन्वय ईकाईको अटेर गरी निमित्त प्रधानाध्यापक तिवारीले लेखा शिक्षक माग गरेको ईकाई प्रमुख पौडेलले खुलाए ।‘शिक्षा नियमावलीमा उल्लेख भएअनुसार बिषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनले भने,‘यसैले लेखा शिक्षक ल्याउने अनुमती हामीले दिएका छैनौं ।’
समन्वय ईकाई प्रमुख पौडेलले दिव्यदीप विद्यालयमा शिक्षकहरु परिचालन तथा व्यवस्थापन सन्तोषजनक नभएको टिप्पणी गरे । दिव्यदीपमा नियमन गर्ने निकायहरुको भूमिका कमजोर रहेको समन्वय ईकाई प्रमुख पौडेलको भनाई छ । दिव्यदीपको अनुगमनमा सो विद्यालयमा विद्यार्थी संख्या न्युन रहेको उनले बताए ।

दिव्यदीपको सञ्चालन तथा व्यवस्थापनमा निकै बेथिती देखिएकाले त्यसको सुधारका लागि शिक्षा विकास तथा समन्वय ईकाईले गर्नुपर्ने भूमिकाप्रति क्रियाशिल रहने र विद्यालयको शैक्षिक समस्या समाधान गर्न पहल गर्ने उनले जनाए ।

तपाईको प्रतिक्रिया