लेखनाथ उद्योग बाणि संघ २६ वर्षमा

लेखनाथ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताएका छन् । लेखनाथ उद्योग बाणिज्य संघको २६ औं स्थापना दिवस तथा २५ औं वार्षिक साधारण सभामा मुख्यमन्त्री पोखरेलले सरकारले लगानी गरेर उद्योग, धन्दा सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गरिने बताए ।
स्वदेशमा नै रोजगारीका सम्भावना बढाउन निजी क्षेत्र र सरकारकबीचको सहकार्य अनिवार्य भएको उनको भनाइ छ । गण्डकी प्रदेश सरकार निजी क्षेत्रका समस्यप्रति गम्भीर रहेकाले कुन ठाँउमा केको आवश्यकता छ सोही अनुरुप काम गर्ने प्रतिवद्धता गरे । गण्डकी प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि ठाउँ चयन अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले उत्पादन विना देश विकासको कल्पना गर्न नसकिने भएकाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, धन्दा सञ्चालनका लागि राज्यले लगानी बढाएको जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर आयातीत वस्तु न्यूनीकरण गर्ने योजना सरकारले ल्याउनुपर्ने सुझाव दिए । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले दक्ष जनशक्ति निर्माणको आधार राज्यको नीति भएकाले सोही अनुसार नीति तर्जुमा गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, पर्यटन व्यवसायी पुष्पराज अधिकारी, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, लेखनाथ उद्योगा वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी राजु, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको थियो ।









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया