
तनहुँ ।
बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
मुकुन्देश्वरी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन र साइक्लिङजस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ । उनले भने, “पालिकाभित्र रहेका पर्यटकीय गाउँ प्राथामिकताको आधारमा नमूनाको रुपमा विकास गर्दै लगिने छ ।” गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दीपुर मातहतमा रहेका छ वटै वडामा पर्यटकीयस्थलको दीगो विकास गरी संरक्षण एवं प्रवद्र्धन गर्ने योजना रहेको छ ।
गाउँपालिका भित्र पर्यटकीय केन्द्र निर्माण गर्नाका साथै पर्यटन ऐन बनाई नियमन गर्ने नीति पारित गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर बजार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी संरक्षण र संवद्र्धन गरिनेछ । पालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गर्ने नीति गाउँपालिकाको छ ।
उज्याले बन्दीपुरअन्तर्गत उज्याले गाउँ अभियान सञ्चालन गर्दै सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङ्ककोट दरबार मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुकेलगायत पर्यटकीयस्थलको संरक्षण र संवद्र्धन र प्रवद्र्धन गरिनेछ । पर्यटन लक्षित उत्पादन प्रवद्र्धनलाई प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने , होमस्टेको संरक्षण संवद्र्धन र प्रवद्र्धन गरी होमस्टे सर्किटको विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । साहसिक पर्यटन जीप फ्लाइङ, प्यारग्लाइडिङग र रक क्लाइमिडको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिइनेछ ।
पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेका बिध्दावासिनी मन्दिरबाट भइसेखार, खड्कमाई र टुँडिखेलसम्म ढुङ्गा छपनी कार्य सम्पन्न गरी पर्यटन प्रवद्र्धन कार्यलयाई सबल बनाउने नीति गाउँपालिकाकोे छ । सहरी क्षेत्रका मात्रै नभइ ग्रामीण होमस्टेको प्रवद्र्धन गर्न होमस्टे मार्ट सञ्चालन गर्ने लक्ष पनि रहेको गाउँपालिले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया