सभापति शुक्रराज शर्माद्धारा लामिछानेलाई श्रद्धाञ्जली

पोखरा ।
पोखरा महानगरपालिका–६ बैदाम स्कुल पाटन निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य विष्णुबहादुर लामिछानेको श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । काँग्रेस वडा इकाई समिति वडा नं ६ को आयोजनामा भएको श्रद्धाञ्जली सभामा काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
शर्माले लामिछानेको निधनबाट पार्टीलाई गहिरो क्षति पुगेको उल्लेख गरे । लामिछाने पार्टीका सच्चा इमानदार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको पक्षमा सदैव आफूलाई उभ्भाउने सच्चा क्रान्तिकारी भएको शर्माले स्मरण गरे । स्व. लामिछानेका भाई सुनिल कुमार लामिछानेले दाजुको जीवनी प्रस्तुत गर्दै परिवारलाई ठूलो पीडा भएको बताए । दाजुले आफ्नो सम्पूर्ण जीवन समाज र राजनीतिका लागि खर्च गरेको उनले स्मरण गरे ।
काँग्रेस वडा इकाई समिति वडा नं ६ का सभापति सन्तोष पौडेलले लामिछानेले देखाएको लोकतन्त्रको बाटोमा हिँड्न सकेमात्र सच्चा स्मरण र सम्मान हुने उल्लेख गरे । पार्टीका हरेक गतिविधिमा अग्रपंक्तिमा खटिने स्वभाव लामिछानेमा रहेको बताउँदै उनले लामिछानेको अभाव सँधै हुने बताए । सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील लामिछानेको गत असार १० गते काठमाडौँमा उपचारका क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो ।








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया