बकर ईदमा सार्वजनिक बिदा

समाधान संवाददाता २०७९ असार २२ गते १६:१९

काठमाडौँ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

Advertisement

उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया