मादी गाउँपालिका स्तरीय अपाङ्गता सञ्जाल गठन

समाधान संवाददाता २०७९ असार २२ गते १७:५७

लेखनाथ ।

कास्कीको मादी गाउँपालिकामा गाउँपालिका स्तरीय अपाङ्गता सञ्जालन गठन गरिएको छ । नेत्रहिन संघ कास्कीको आयोजनामा लेखनाथमा सञ्चालीत दुई दिने अभिमुखीकरण कार्यक्रममा झलक पोखरेलको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

नवगठित सञ्जालका पदाधिकारी एवं सदस्यहरुलाई शुभकामना एवं वधाई ज्ञापन गर्दै नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले अपाङ्गताहरुको हक अधिकारको विषयमा स्थानीय सरकारसँग समन्वय गर्र्दै हातेमालो गर्न आफु तयार रहेको बताएका थिए । सञ्जालको सह–संयोजकमा प्रेम गुरुङ्ग, सचिवमा शंकर अधिकारी, सह–सचिवमा ज्योति गुरुङ्ग, कोषाध्यक्षमा सुकु बि.क., सदस्यहरुमा रामबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, नारायण सापकोटा, मिनकुमारी गुरुङ, मधुमाया गुरुङ र प्रमोद दहाल रहेका छन । बाँकी २ सदस्य पछि थप गरिनेछ ।

Advertisement

कार्यक्रमको मंगलबार उद्घाटन गर्दै अध्यक्ष देवीजंग गुरुङ्गले अपाङ्गता भएका व्यक्तिहरुका लागी गाउँपालिका स्तरीय सञ्जाल मार्फत क्षमता अभिवृद्धि एवं आर्यआर्जनमा सघाउ पुग्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन । अध्यक्ष गुरुङ्गले गाउँपालिका भित्र २ सय १३ जना अपाङ्गगता भएका व्यक्तिहरुको तथ्याङक रहेको र उनीहरुलाई सञ्जाल मार्फत सेवा सुविधा प्रदान गरिने बताएका हुन । उनले गाउँपालीका भित्रका कुल जनसंख्यामध्ये ३६ प्रतिशत मात्रै गाउँमा बस्ने गरेको बताउँदै कतिपय सेवा प्रवाहको लागि नगरपालिका सँग समन्वय गर्नुपर्ने अवस्था रहेको बताए ।

अप्ठेरो भुगोल, बाटोको समस्या र कतिपय अस्पस्त सरकारी नितिका कारण विकासका कार्यहरुमा चुनौती रहेको बताउँदै जनताहरुका लागी प्रत्येक महिनाको दुई दिन घुम्ती सेवा, उत्पादनमा अनुदान दिने व्यवस्था गर्न लागिएको पनि बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ्गले अपाङ्गगता भएका व्यक्तिहरुले हिनताबोध नगरी आत्मबल बढाएर अगाडी वढ्नुपर्ने वताएकी थिईन । उनले अपाङ्गता भएका व्यक्तिहरुका लागी डिजिटल परिचयपत्र वितरण गर्नुका साथै आगामी वर्ष विशेष सम्बोधन गर्ने गरि वजेट बिनियोजन गर्ने बताएकी थिईन् ।

Advertisement

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्मा, स्वाबलम्बन जिवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङ्ग, पत्रकार भिमपाणी बराल लगायतले अपाङ्गगता भएकाहरुका लागी राज्यले सहज रुपमा परिचयपत्र दिने व्यवस्था गर्न आग्रह गर्नुका साथै अपाङ्गगता हुनु भनेको कमजोरी र असक्षमता हो भनी बुझ्न नहुने बताएका थिए । नेत्रहिन संघ कास्कीको आयोजना र मादी गाउँपालिकाको सहयोगमा सञ्चालीत अभिमुखीकरण कार्यक्रममा नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया