अटेरीको काठमाडौं भेटवार्ता : स्वतन्त्र शक्ति एकजुट हुने संकेत

समाधान संवाददाता २०७९ असार २२ गते १८:२१

पोखरा । अटेरी अभियानका अभियन्ताहरु काठमाडौं पुगेर फर्केका छन् । काठमाडौं पुगेर पोखरा फर्केपछि स्वतन्त्र शक्तिहरु एकजुट हुने संकेत मिलेको अटेरी अभियानका अभियन्ताहरुले बताएका छन् ।

काठमाडौंमा अटेरी अभियानले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सुशासन पार्टीका रमेश खरेल, विवेकशिल साझाका मिलन पाण्डे लगायत वैकल्पिक राजनीतिको अभ्यास गरि रहेकाहरुसँग भेटेको थियो । भेटमा स्वतन्त्र उम्मेदवारीको अभ्यास गरि रहेका वैकल्पिक राजनीति चाहनेहरु कसरी एकजुट हुने बारे छलफल भएको अटेरीका रामबहादुर थापाले जानकारी दिए । ‘स्वतन्त्रहरु एकजुट हुनुपर्छ भन्ने विषयमा छलफल भएको छ । तितरबितर भएका स्वतन्त्र शक्तिहरु कसरी एकजुट हुने, सबैलाई कसरी एकठाउँमा समेट्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले पार्टी घोषणा गर्नु अघि नै सबै एकजुट भएर जाने विषयमा सोच भए पनि अघि बढी हाल्नुपर्ने समय पावन्दीले अघि नै छलफल हुन नसकेको लामिछानेको भनाई उद्धृत गर्दै उनले भने । छलफलमा सबै स्वतन्त्रलाई कसरी एक ठाउँमा उटाउने विषयमा छलफल भएको उनले बताए ।

Advertisement

यस्तै सुशासन पार्टीका रमेश खरेलले स्वतन्त्रहरु एकजुट हुनुपर्नेमा सकारात्मक छन् । स्वतन्त्र एक ठाउँमा भए पार्टीबााट राजिनामा दिन पनि तयार रहेको भेटवार्ताका क्रममा बताएका छन् । विवेकशिल साझाका मिलन पाण्डे पनि भेटका क्रममा फरक पाटेबाट सही ठाउँमा पुग्न नसकिने भन्दै नयाँ तरिकाबाट अघि बढ्नुपर्छ भन्नेमा सकारात्मक रहेको थापाले उनको भनाई उद्धृत गर्दै बताए ।

स्वतन्त्रकै राष्ट्रिय भेला गर्ने डम्बर साहु राज मानन्धरसँग पनि भेटघाटभएको छ । भेटमा सबै मिलेर जान पर्छ भन्नेमा एकमत छन् । संघ र प्रदेशको चुनावमा उम्मेद्वारी दिने तयारी गरि रहेका स्वतन्त्र उम्मेदवारहरुसँग भेटघाट भएको थापाले बताए ।
यस्तै, आगामी निर्वाचनमा जाने तयारीमा रहेको स्वागत नेपालसँग पनि सकारात्मक छलफल भएको छ । निर्वाचनमा जानेहरुको नामावलि तयार भई सके पनि अब स्वतन्त्र उम्मेदवार र वैकल्पिक राजनीति चाहनेहरुसँगको छलफलपछि मात्रै नामावलि सार्वजनिक गरिने छ ।

Advertisement

हर्क साम्पाङ जिताउ अभियानका अभियन्ता डाक्टर सुदिप श्रेष्ठसँग पनि अटेरीले भेटवार्ता गरेको थियो । चेञ्ज मेकरका डाक्टर सुदिप श्रेष्ठ वैकल्पिक शक्ति एकजुट जाने जाने निश्कर्ष निकालेका छन् । सबैको अस्तित्व स्वीकार गर्ने गरि आगामी रणनीति तयार पार्नेबारे छलफल भएको थापाले बताए । अबको हप्ता दिनमा निश्कर्षमा पुग्नेमा सबै एकमत छन् ।

‘अब सबै स्वतन्त्र शक्तिलाई एक ठाउँमा ल्याउने जिम्मा अटेरीको काँधमा आइ लागेको छ । स्वतन्त्र उम्मेदवारीे अभियानमा रहेका वैकल्पिक राजनीति चाहने एकजुट हुन्छौं । यसका लागि छिट्टै स्वतन्त्रहरुके भेला बसेर टुंग्याउने भन्ने छलफल भएको छ,’ उनले भने, ‘अटेरीले यसको पहल गरेर छिट्टै हामी बृहत भेला पनि गछौं ।’

तपाईको प्रतिक्रिया