पोखरा कलर ल्याब सञ्चालक वैद्यको निधन
समाधान संवाददाता
२०७९ असार २३ गते ११:२५

पोखरा ।
पोखराको महेन्द्रपुलमा रहेको पोखरा कलर ल्याबका सञ्चालक कृष्णकुमार वैद्यको ९१ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ६ बजे आफ्नै निवास रानीपौवामा उनको निधन भएको हो ।
उनको आज नै सेती नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । वैद्य पोखरा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया