सवारी साधन आयात प्रतिबन्ध हटाउन माग

समाधान संवाददाता २०७९ असार २३ गते १२:१२

पोखरा ।
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष धु्रव थापा नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । भेटघाटमा प्रधानमन्त्री देउवासँग नाडा प्रतिनिधिले सवारी साधन आयात प्रतिबन्ध हटाउन माग गरे ।

Advertisement

उक्त प्रतिनिधि मण्डललाई निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको नाडा अध्यक्ष थापाले सुनाए । प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ प्लान्ट स्थापनागरी बढदो व्यापार घाटा कम गर्न सुझावसमेत दिएका थिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कार, जीप र भ्यान जस्ता सवारी साधन आयातको तुलनामा झन्डै दोब्बरभन्दा बढी राजस्व योगदान पुर्‍याउने गरेको प्रधानमन्त्रीलाई सुनाएका थिए । ‘तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि राजस्वमा योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ,’ थापाले भने, ‘त्यसैले कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन आग्रह गर्छाैं ।’

Advertisement

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भदौ ७ गते देखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएको पनि बताए । भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनील रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेत सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया