सिभिल बैंकका ग्राहकलाई चरक हस्पिटलमा छुट

समाधान संवाददाता २०७९ असार २३ गते १३:०७

पोखरा ।
सिभिल बैंकले चरक मेमाेरियल हस्पिटलसंग सम्झौता गरेको छ । सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले चरक मेमाेरियल हस्पिटलमा उपचार गराउँदा छुट पाउनेछन् । फार्मेसीमा ५ प्रतिशत, ल्याब र बेडमा १० प्रतिशत र पुरै शरिर जाँचमा २० प्रतिशत छुट पाउने बैंकका शाखा प्रबन्धक उपेन्द्र दाहालले बताए ।

यो सम्झौता आगामी बर्ष असार २५ गते सम्म रहनेछ । सम्झौतापत्रमा बैंकका क्षेत्रीय प्रबन्धक समिर केसी र हस्पिटलका निर्देशक रामचन्द्र रेग्मीले हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया