रेन्बो एकेडेमिमा विद्यार्थी, शिक्षक सम्मानित

पोखरा ।
रेन्बो एकेडेमिक होम्स्ले विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । युनेस्कोको सहकार्यमा विज्ञान शिक्षक समाज नेपालद्वारा आयोजित स्टान युनेस्कोको दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२२ मा गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय स्तरमा समेत प्रथम हुन सफल कक्षा १० का छात्र गोकुल श्रेष्ठ तथा विज्ञान शिक्षक ठाकुरसिंह थापालाई सम्मान गरिएको हो ।
विजेता गोकुललाई ट्रफी तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयका शिक्षक ठाकुरसिंहलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रतियोगितामा गोकुललाई सहयोग गर्ने विद्यार्थीद्वय दीप्सन गुरुङ र आयुष मल्ललाई समेत विद्यालयले सम्मान गरेको छ । गोकुल आमाबुवा विन्दु र सागरलाई समेत स्कुलले सम्मान गरेको छ ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले गोकुलले विद्यालयको मात्र नभई सिंगो पोखरा, प्रदेशको गौरव बढाएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य खेमनारायण ढकाल, संस्थापक प्राचार्य बाबुराम बराल लगायतले बोलेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया