जापानका पूर्व प्रधानमन्त्री आबेकाे गाेली हानी हत्या

समाधान संवाददाता २०७९ असार २४ गते १४:५५

पाेखरा ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकाे मृत्यु भएकाे छ । गाेली प्रहारबाट गम्भीर घाइते भएका आबेलाई अचेत अवस्थामा अस्पताल भर्ना गरिएकाे थियाे । उनलाई अस्पताल लैजानु अघि नै मुटुले काम गरेकाे थिएन भने स्वास प्रश्वास पनि बन्द थियाे ।

उनी माथि एक युवकले गोली प्रहार गरेका हुन्। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो।

गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया