३ सहरमा भिगन महोत्सव हुने

समाधान संवाददाता २०७९ असार २४ गते २०:४२

पोखरा ।
हिमालय क्षेत्रको शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न हिमालयन भिगन महोत्सव २०२२ हुने भएको छ । वल्र्ड भिगन अर्गनाइजेसनले शुक्रकबार पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी गराएको हो ।

Advertisement

नेपालमै पहिलोपल्ट गर्न लागिएको यो महोत्सव काठमाडौँ, लुम्बिनी र पोखरामा हुने अर्गनाइजेसनका अध्यक्ष सुरेशप्रसाद शर्माले बताँए । महोत्सवमा विश्वका विभिन्न देशका करिब २ सय ५० देखि ३ सय ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहनेछ । ३ चरणमा हुन लागेको सो महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौँस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्रान्ड बिरौटामा हुनेछ ।

शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रवद्र्धनसँगै नेपाललाई ‘भेगन डेस्टिनेसन’को रूपमा समेत प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेसनका महासचिव अजित थापाले बताए । महोत्सवका आकर्षणमा सयभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान, भिगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भिगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा, योग फिटनेस अभ्यास, भिगन च्यालेन्स र मनोरञ्जनात्मक गतिविधि रहनेछन् ।

Advertisement

महोत्सव अवलोवकन निःशुल्क गर्न पाइनेछ भने महोत्सवभित्रका खानपान लगायत सेवा सुविधा उपभोग गर्न भने १० हजार तिर्नुपर्ने छ । भेगन अर्गनाइजेसनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबै प्राणीप्रति दया माया र करुणामय व्यवहार अवलम्बन गर्ने, जीवनशैली र भीगनवादको बारेमा जानकारी गराए ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पछिल्लो समय मानिसको खानपान र जीवनशैलीले मानवीय जीवनमा चुनौती थपिँदै गएको जनाउँदै भेगन महोत्सवले मानवीय जीवनमा यसको महत्वलाई उजागार गर्ने र पोखरालाई भेगन गन्तव्यको रूपमा चिनाउन पनि थप मद्दत पुग्ने विचार राखे । उनले पोखरा आसपासका कुनै एक गाउँको प्रवद्र्धनका लागि भेगन होमस्टे बनाएर विश्वका भेगनिस्मलाई आर्कषण गर्न सकिने उल्लेख गरे ।

Advertisement

अध्यक्ष भटृराइले पोखरामा हुने भेगन महोत्सवलाई पोखरा पर्यटन परिषद् सहकार्य गरेर अघि जान तयार रहेको जनाए । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनमा भेगन महोत्सवले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । मानिसको स्वाभाव बदल्नलाई कुनै पनि विषयको बारेमा ज्ञान महत्वपूणर् हुने जनाउँदै उहाँले स्वस्थ जीवनशैली, शाकाहारी, अहिंसाले करुणामय जीवन आत्मसात् गर्न सिकाउने भएकाले यो महोत्सव सहयोगी हुने धारणा व्यक्त राखे ।

तपाईको प्रतिक्रिया