बालश्रम न्यूनीकरणको समीक्षा

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत सञ्चालित बाल श्रम न्यूनीकरण कार्यक्रमले पोखरामा रहेका सुकुम्बासी क्षेत्र र कम आयआर्जन भएका बस्तीमा चलाएको वैकल्पिक शिक्षाको समीक्षा गरिएको छ । १७ स्थानमा चलाइएका कक्षाका उपलब्धि र सफलताबारे सरोकारवालाको उपस्थितिमा छलफल भएको हो ।
पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख जीवन रेग्मीले बालश्रम न्यूनीकरण कार्यक्रमले उल्लेखनीय काम गरेकोमा धन्यवाद दिए । बालश्रम न्यूनीकरण कार्यक्रमले सञ्चालन गरेको पोस्ट कोभिड उपचारात्मक वैकल्पिक कक्षा र त्यसबाट परेको प्रभावबारे कार्यक्रमका संयोजक प्रिती पाण्डेले वृतचित्र प्रदर्शन गरिन् ।
कार्यक्रममा बालश्रम न्यूनीकरणका कार्यक्रम प्रमुख महेन्द्री दास, सहजकर्ता शिक्षक मञ्जु बडेल र सफल बरालले पनि बोलेका थिए । कार्यक्रमको अध्यक्षता पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले गरेका थिए । कार्यक्रमका लागि प्रविधिक र आर्थिक सहयोग किड्स नेपालले गरेको थियो ।
तपाईको प्रतिक्रिया