फेवा वेगनासको पद हस्तान्तरण

पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम भएको छ । २०२१-२२ का अध्यक्ष महेश्वर रिमालले वर्ष २०२२-२३ का अध्यक्ष राजाराम पौडेललाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष र पौडेलले आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । डिस्ट्रिकले अगाडि सारेका कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष नेतृत्व तथा व्यक्त्तित्व विकासका कार्यक्रमलाई क्लबले प्राथमिकता दिने उनको भनाइ छ ।
पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक २२५ जेका जिएसटी कोअर्डिनेटर राजु श्रेष्ठ, डिष्ट्रिक चिफ सन्तोष घिमिरे, रिजन चियर पर्सन निर्मला श्रेष्ठ, जोन चियर पर्सन टंक ढकाल र शान्ति श्रेष्ठ, डिस्ट्रिक मेम्बर महेश्वर रिमाल, सेती गण्डकी स्टारका अध्यक्ष प्रकाश विक, पोखरा फेवा वेगनास चौतारीका प्रथप उपाध्यक्ष चित्रबहादुर गुरुङ, सचिव टीकाबहादुर लम्साल लगायतले बोलेका थिए ।
पोखरा फेवा वेगनास चौतारीको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा टीकाबहादुर लम्साल, कोषाध्यक्षमा महेश सुनार, सहसचिवमा हेमराज तिवारी र सहकोषाध्यक्षमा दीपक भण्डारी छन् । मेम्बरसिप चियरपर्सनमा कृष्णप्रसाद आचार्य, सदस्यमा जीवन कार्की, लेखनाथ सुवेदी, घनश्याम आचार्य, नवराज अधिकारी, ऋषिराम खनाल र प्रवेश उप्रेती छन् ।








कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया