नगरसभाले पारित गर्याे पाेखराकाे ८ अर्ब ७७ कराेडकाे बजेट

पाेखरा ।
पाेखरा महानगर पालिकाकाे बजेट पारित भएकाे छ । आज बसेकाे नगर सभाले बजेट पारित गरेकाे हाे ।
यसअघि बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाे र वडाअध्यक्षहरुसँग छलफल नगरी याेजना बनाइएकाे भन्दै विराेध भएकाे थियाे । एमालेले त राताे किताब छापेकाे बिराेधमा नगर सभा नै अवरुद्ध गरेकाे थियाे ।
राताे किताब छाप्नु गल्ती भएकाे भन्दै महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेपछि बजेट प्रस्तुत भएकाे थियाे । साे बजेटमा परिमार्जन गरेपछि सर्बसम्मत पारित भएकाे मेयर आचार्यले जानकारी दिएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै पाेखराकाे आगामी वर्षकाे बजेट ८ अर्ब ७७ कराेड ७५ लाख ५५ हजार रुपैयाकाे भएकाे जानकारी पनि दिएका छन् । उनले बजेट पारित गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै सबैलालई एकसाथ अघि बढ्न अनुराेध गरेका छन् ।
मेयर आचार्यले गरेकाे पाेष्ट
हार्दिक धन्यवाद !!
पोखरा महानगरपालिकाको चालू एघारौं नगरसभा ८ अर्व,77 करोड 75 लाख,55 हजारको बजेट सर्वसम्मतिले पारित भएको छ। वजेट निर्माण र पारित गर्न हरतरहले सहयोग गर्नु हुने सम्पूर्ण साथिहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अब नयाँ आर्थिक बर्ष सुरु हुँदै छ। सबै एकसाथ अगाडि बढौ।
सम्बृद्द पोखरा निर्माणमा हातेमालो गरौ।








मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा
गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया