माटो जोगाउन प्रधानमन्त्रीलाइ पोखराका विद्यार्थीको पत्र

पोखरा ।
पोखराका विद्यार्थीले माटो जोगाउन सरकारी नीति निर्माण गर्न भन्दै प्रधानमन्त्री शेरबहादुरलाई पत्र लेखेका छन् । करिब ३० विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले विश्वव्यापी माटो जोगाऔं (save soil) अभियान अन्तर्गत माटो जोगाऔं सचेतना कार्यक्रम सहित लेखिएको पत्र संकलन गरिएको छ ।
विद्यालय बाहेक बिभिन्न माटो जोगाऔं सचेतना कार्यक्रमहरु पनि आयोजना भैरहेका छन् । विश्व वातावरण दिवसको अवसरमा पोखरा परिक्रमा गरि साइकल र्याली गरिएको थियो । कार्यक्रमलाई साइक्लिंग क्लब अफ पोखराका सदस्यहरुले सहभागी भई यस अभियानलाइ समर्थन गरेका थिए । असार १७ गते वन क्याम्पसले सभागृह चोक देखि चिप्लेढुंगा सम्म सचेतना पैदलयात्रा सम्पन्न गरेको थियो ।
पोखरा सहित काठमाडौँ, चितवन, वीरगंज, हेटौडा, इटहरी, धरान, कैलाली, फिदिम तथा अरु स्थानहरुमा पनि माटो जोगाऔं सचेतना कार्यक्रमहरु तथा अनुरोध पत्रहरु संकलन हुँदैछन । माटो जोगाऔं स्वयंसेवकहरुका अनुसार यो अभियानद्वारा अधिकतम पत्रहरु संकलन गरि प्रधानमन्त्रीलाई बुझाइने छ ।
किसान नवीन पुन मगरले माटो जोगाऔँ अभियानलाई नेपालभर लैजान ३५०० किलोमिटर दौडिदैछन् । उनको योजना ६० देखि ७० दिन भित्र पूर्व मेची देखी पश्चिम महाकाली सम्म जनचेतनामूलक तथा सामुदायिक चेतनामूलक कार्यक्रम गर्नु हो । जेठ ३० गतदेखि पुनले काठमाडौँबाट यात्रा सुरु गरिसकेका छन् । उनले १५०० किलोमीटर भन्दा बढिको दौड पुरा गर्दै श्रावण ६ गते पोखरा आइपुगी प्रमुख माटो जोगाऔं सचेतना कार्यक्रम आयोजना हुनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया