जसपा सांसदका जेठाजुकाे नाममा बजेट

पोखरा ।
जसपाकी सांसद धनमाया लामाका जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरिएको छ । गोरखाको सिरानचोक गाउँपालिका ५ मा राष्ट्रियस्तरको ‘१० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने भनेर बजेट सिफारिस गरेकी थिइन् ।
कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोबद्र्धन शर्मा पोखरेलको नामको ट्रस्टलाई ५० लाख छुट्टाइएको थियो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका मातापिताको ट्रस्ट पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा १ करोड विनियोजन भएको छ । सांसद विनोद केसीका दाइका नाममा म्याग्दीको बेनी नगरपालिका–७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ बिनियोजन भएको छ ।
जनमोर्चा सांसद पियारी थापाको सिफारिसमा पारिवारिक कोषलाई ६० लाख विनियोजन भएको छ । काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक सांस्कृतिक संग्रहालयका लागि बजेट बिनियोजन गरिएको हो । कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका पिताको स्मृति पार्कका लागि २० लाख रुपैंया कुस्मा नगरपालिकाकी पूर्वउपमेयर सीता काफ्लेका श्रीमान् डिल्लीराम लामिछानेको स्मृतिमा २० लाख रुपैयाँ बिनियोजन भएको छ ।







सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया