अन्धकारमा गुरु ज्ञान

टंकप्रसाद गैह्रे २०७९ असार २८ गते १२:२७

गुुरु ज्ञान कर्म, धैर्य र ध्यानको समन्वय हो । गुरु शब्दलाई अन्धकारमा रुमल्लिएकालाई ज्ञानरुपी उज्यालो आत्मिक चेतना दिने शतिmका रुपमा बुझिन्छ । आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षका दिन आकाशमा अन्धकार नभई पूर्ण आकाश हुने भएकाले यस दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमाका दिन वेद, पुराण, महाभारतका रचयिता कृष्ण दैपायन् वेद्व्यासको पनि जन्म भएकाले यस तिथिलाई व्यास पूर्णिमा पनि भनिन्छ ।

Advertisement

वाल्मीकि ऋषिको जयन्ती पनि गुरु पूर्णिमाकै दिन मनाउने गरिन्छ । हिन्दू जैन, बुद्घिस्ट, शिखहरुले गुरु पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन् । शिवलाई प्रथम गुरुका रुपमा लिइन्छ भने विष्णु भगवानलाई द्वितीय गुरुका रुपमा लिइन्छ । विष्णु भगवानका अंश कृष्ण द्वैपायन हुन । ब्रह्मा, विष्णु, महेश्वर नै सृष्टिका रचयिता भएकाले सृष्टिकर्तासरह गुरुहरुको स्थान मानिन्छ । पवित्र र पावन भगवानरुपी गुरुहरु तिरस्काररुपी हुनुका अवयव के के हुन् ?

समयमा गुरुलाई मान, सम्मान भन्दा पनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ


वर्तमान समयमा गुरुको महत्व र गरिमाको ओझ ओझलमा किन के कारणले परेको छ ? किन के कारणले गर्दा गुरुको गुरुत्वाकर्षण घटिरहेको छ ? अर्थरुपी समाजमा ज्ञानरुपी गुरु प्राप्त गर्न किन कठिन देखिएको छ । बजारमा स्वघोषित गुरुको उपमा दिएर जसलाई सम्मान गर्दा पनि गुरु भनेर बोलाउने परिपाटी समाजमा व्याप्त के कारणले भइरहेको छ ? अहिलेको समयमा गुरुलाई मान, सम्मान भन्दा पनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ ।

समाजमा व्याप्त विकृति र विसंगति हटाउन असल गुरु र असल शिष्य हुन आवश्यक छन् । गुरु र शिष्यको सम्बन्धको परम्परा हराउनु, एक दिनमात्र गुरुको महत्व दर्शिनुका अवयवका कारण सामाजिक विकृति बढिरहेको छ । गुरुहरुमा गुरुत्व नभएर नै समाज विकृत बनेको हो । वर्तमान समयका गुरुहरुमा देखिएका खराबीका कारण गुरुत्व यस प्रकार घटिरहेको छ ।
१. गुरुमा देखिएको स्वार्थी, लोभी, लालची, माया, मोहका कारणले हुन सक्छ ।
२. गुरु ज्ञान र कर्ममा भन्दा पनि अर्थमा लिप्त भएकाले हुन सक्छ ।
३. चेतना र विवेकको अभ्यास कमीका कारणले गुरुत्व घटेको छ ।
४. निजी लगानीमा मुनाफा आर्जन गर्ने संघ, संस्थाका कारणले गुरु महिमा घटेको छ ।
५. समय सन्दर्भ अनुसार गुरुहरुको प्राविधिक ज्ञानको कमीका कारणले महिमा कम रहेको हो ।
६ . प्राचीन मूल्य, मान्यता पालना गर्दा हेय गर्ने सामाजिक दृष्टिकोणका कारण गुरु ओझेलमा परेको हो ।
७. अहिलेका शिक्षार्थीमा अनुशासन, नैतिकता, इमानदारिता, असल नियत नहुँदा गुरुको महत्व घटेको हो ।
८. पाश्चात्य शैलीको अनुशरण गर्ने परिपाटीका कारण पनि गुरुहरु ओझेलमा परेका छन् ।
९ गुरुमा हुने शिक्षा र साधनाको कमीका कारण पनि महत्व कम भएको हो ।
१०. धर्मका नाममा देखिएका विकृति र विसंगतिका कारण पनि गुरुको महत्व घटिरहेको छ ।
अहिलेको विज्ञान र प्रविधिको युगमा समय सन्दर्भ अनुसारको कर्म र ज्ञानको समायोजन गुरुहरुले गर्न पर्दछ ।
गुरुबह्रमा, गुरुविष्णु, गुरुदेवो महेश्वर
गुरु साक्षात पर बह्रमा तस्मै श्री गुरवे नमः
ध्यानमूलम गुरुमुर्ति, पूजामुलम गुरो पदम
मन्त्रमूल गुरोर्वाक्य मोक्षमूल गुरोः कृपा ।
गुरुलाई बह्रमा, विष्णु, महेश्वरका साक्षात् रुपमा मानिएको छ । भक्ति, मुक्ति र ऐश्वर्य प्रदान गर्ने व्यतिmत्व नै गुरु हो । ध्यान, ज्ञान, धैर्य र कर्मको साधनाको देन गुरु हो । अभिभावकले जीवन दिए भने गुरुहरुले नै बाँच्न सिकाउने ज्ञान दिनु भएको छ । मानवता, इमान्दारिता, सद्विचार, सदाचार, सद्ज्ञान, सदमार्ग, सद्चरित्र देखाउने व्यक्ति नै गुरु हो । शास्त्रहरुमा विद्या गुरुणाम् गुरु भनेर विद्यालाई नै गुरु मानेको छ । वास्तवमा गुरु भनेको ज्ञान नै हो । पतिरेको गुरुस्त्रीणाम, अमोक्षो धर्मविवाहानाम भनेर पतिलाई नै पत्निहरुको गुरुका रुपमा लिएको पाइन्छ । वेदका रचयिता वेदव्यासकालीन समयबाट नै गुरु शिष्यपरम्परा स्थापित भएको हो ।

Advertisement

गकार सिद्घिद् प्रोत्तो रेफो पापस्य हारक
उकारो विष्णुरव्यक्त्त प्रीतयात्मा गुरुः परः ।
अन्धकारबाट हटाई ज्ञान रुपी उज्यालो दिने व्यक्ति नै गुरुको दर्जामा उभिन सक्न । वर्तमान समयमा समाजलाई देखावटी गुरु भन्दा पनि ज्ञान, ध्यान , धैर्य, कर्म सिकाउने गुरुको आवश्यकता छ । पूर्वीय र पाश्चात्य समाजमा गुरु, पादरी, पोपहरुले राज्य सञ्चालन गर्ने परम्पराबाट नै राजनीतिको सुरुवात भएको हो । अहिले गुरुहरुको हातबाट राज्य सञ्चालन नहुँदा समाजमा विकृति र विसंगति बढिरहेको छ । आडम्बरी, लोभी, लालची, काम, क्रोध, माया, मोह गुरु गुण होइनन् । गुरुहरु सरल, सादगी, भक्ति, मुक्ति, ऐश्वर्य, ज्ञान, ध्यान, धैर्य र कर्म सिकाउने भएमा समाजमा देखिएका विकृत परम्परा आफैं विनाश भएर जान्छन् ।

तपाईको प्रतिक्रिया