माइडियाको वाईफाई वासिङ मेसिन

समाधान संवाददाता २०७९ असार २८ गते १३:०६

काठमाडौं ।
माइडिया ब्रान्डको आधिकारिक वितरक चौधरी ग्रुपले ८ किलो र ९ किलो क्षमताका २ वटा वाई फाई सिरिजका वासिङ मेसिन सार्वजनिक गरेको छ । दुई वटा मोटलमा चन्द्रमाको महिमा र शुद्धताबाट प्रेरित भएर लुनार डायललाई मुख्य तत्व मानेर डिजाइन गरिएको छ । फरक, लुनर डायलले स्क्रिन डिस्प्ले र डायल प्रकार्यलाई एकीकृत गर्दछ ।

Advertisement

लुनार सिरिजमा माइडियाको इन्भर्टर काट्रो मोटर छ । जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै अन्य मोटरको तुलनामा १०.४ प्रतिशत कम आवाज उत्पादन गर्दछ । यसले ग्राहकका लागि शान्त र धेरै प्रभावकारी विकल्प बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार पानी स्तर, गति, तापमान र यतिमा सीधा एपमा पठाउन सकिन्छ । लुनार डायलले नब र स्क्रिन डिस्प्लेबाट कार्यहरु एकीकृत गर्दछ, जसले थप प्रत्यक्ष लुगा धुने अनुभव प्रदान गर्दछ ।

हेल्थ गार्ड स्टिम केयरले ९९.९९ प्रतिशत स्टेरिलाइजेसन र अझ बढी लुगा धुने कार्य सम्पादनको परिणामस्वरुप तातो स्टिम उत्पन्न गर्दछ । यसले अटो क्लिनमा ध्यान केन्द्रित गर्दै यी २ कार्यको संयोजन गर्दछ । यसबाट मेसिनलाई उच्च स्तरमा चलाउन मद्दत पुग्छ भने लुगा सफा राख्न सजिलो हुन्छ ।

Advertisement

इन्भर्टर क्वाट्रो प्रविधिले ६७ प्रतिशतसम्म ऊर्जा बचत गर्दछ । जसले मोटरको अधिक ऊर्जा बचत, शान्त साथै टिकाउ र स्थिरता पनि कायम गर्दछ । एड गार्मेन्टले ४० प्रतिशत समय बचतका साथ सामान्य धुलाईको तुलनामा छिटो र कडाइको साथ लुगा धुने गर्दछ । १५ मिनेट क्विक वासले बिशेष समय अनुरोधका साथ धेरै लुगा धुनका लागि प्रयोग गर्न सकिन्छ । सामान्य धुलाइको तुलनामा छिटो र कडाइका साथ धुनुका साथै ४० प्रतिशत समयको पनि बचत हुने कम्पनीको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया