जन्माष्टमीमा भजनचुड्का प्रतियोगिता हुने

समाधान संवाददाता २०७९ असार २८ गते १३:३८

पोखरा ।
राधाकृष्ण सांस्कृतिक समूह पोखरा ३२ लामेआहालले आगामी भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भजनचुड्का प्रतियोगिता गर्ने भएको छ । प्राचीन संस्कृतिको जगेर्नामा क्रियाशील समूहले वर्सेनि उक्त प्रतियोगिता गर्दै आएकोमा विगत २ वर्ष भने कोरोना महामारीका कारण गर्न सकिएको थिएन ।

Advertisement

यस वर्ष उक्त प्रतियोगिता गर्ने गरी तयारी बढाएको समूहले गत शनिबार विशेष भेला आयोजना गरी मूल समारोह सहित विभिन्न उपसमिति गठन गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए । प्रतियोगिताका लागि विश्वभूषण खनालको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिका सहसंयोजकद्वयमा झलक थापा र गणेशबहादुर थापा छन् ।

भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । सल्लाहकार उपसमिति संयोजकमा अक्कलबहादुर कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा पुष्पराज पौडेल, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा रुद्रकुमारी सिग्देल र मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा घनश्याम खनाल छन् । अतिथि सत्कार उपसमितिको संयोजकमा भुलाप्रसाद भण्डारी, सचिवालय व्यवस्थापन एवं सम्मानपत्र लेखन उपसमितिको संयोजकमा पर्शुराम पौडेल छन् ।

समूह निमन्त्रणा उपसमितिको संयोजकमा प्रकाशचन्द्र वाग्ले, स्वागत भजन निर्माण उपसमितिको संयोजकमा मनबहादुर कुँवर, स्वयं सेवक तथा पानी वितरण उपसमितिको संयोजकमा मीनकुमारी बोहोरा, खाजा व्यवस्थापन उपसमितिको संयोजकमा पार्वती लामिछाने र सञ्चार व्यवस्थापन उपसमितिको संयोजकमा वासुदेव पौडेल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया