जिम्याकलाई छुट्याएको बजेट स्वास्थ्य चौकीलाई दिन सांसद पियारीको अनुरोध

समाधान संवाददाता २०७९ असार २८ गते १६:०५

पोखरा ।
राजमो सांसद पियारी थापाले उनको पारिवारि रुपमा चलाइरहेको गाउँमैत्री अक्षकोष संस्था जिम्याकलाई विनियोजन गरिएको बजेट स्वास्थ्य चौकीलाई दिन अनुरोध गरेकी छिन् । कोषमा बजेट हालेपछि आलोचित भएकी उनले प्रदेश सभामा स्पष्टिकरण दिदैं उक्त बजेट तङग्रामकै स्वास्थ्य चौकीलाई दिन भनेकी हुन् ।

Advertisement

‘सरकारले बनाएको बजेट हो यसको जवाफ पनि सरकारले नै दिनुपर्छ’, उनले भनिन् । सांसदको काम त्यस ठाउँका समस्या अगाडि ल्याउने हो, बजेट विनियोजन सरकारको काम हो सांसदलाई प्रश्न गर्नु संविधानको विपरीत भएको उनको भनाइ छ । संस्थाले गलत काममा आवाज उठाउँदै आएको भष्ट्रचार गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको उनले बताइन् ।

सांसद थापाको पारिवारिक रुपमा रहेको गाउँमैत्री अक्षकोष संस्थालाई ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको उक्त अक्षयकोषको अध्यक्ष पियारीकै श्रीमान हेमराज आश्रम हुन् । सचिव पियारीकी ठूलोबुवाकी छोरी सुकमाया पुन र उपाध्यक्ष सुकमायाका भेना चइन्द्रबहादुर थापा छन् । संस्थाको सल्लाहकारमा सांसद पियारी नै छिन् ।

तपाईको प्रतिक्रिया