मेयर आचार्य सुन्तला खेती अवलोकनमा

पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्य मंगलबार वडा नम्बर २१ का किसानको पाखोबारीमा गएका छन् । त्यहाँ उनले कृषकका समस्याको बारेमा जानकारी लिए । आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले विना असिना सुन्तला झरेको चिन्ता व्यक्त गरे । यसको सामाधान र पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादन समेत बढ्ने र विस्तार हुने मेयर आचार्यलाई जानकारी गराए ।
महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए । उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्नेहुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर, जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झर्यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए ।
मेयर आचार्य ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरेका छन् । कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएकामा पाँच हजार किलो बेचे बेचेका छन् । अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बेचेको उनले बताए ।
मेयर आचार्य कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि गएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया