सिलाई सिकाइयो
पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदारीमा पोखरा उद्योग वाणिज्य संघ र बुटिक एसोसियसन नेपाल कास्कीले ३ सय ९० घन्टाको निशुल्क सहायक सिलाई तालिम सञ्चालन गरेका छन् ।
‘सीप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ भएको तालिममा मञ्जु देवकोटाले सहजीकरण गरेकी थिइन् । समापन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद कोइरालाले सीपले मानिसलाई जीविकोपार्जन गर्न र आत्मनिर्भर बन्न सिकाउने बताए । उनले सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोग गरी स्वरोजगार बन्न सुझाव दिए ।
बुटिक एसोसियसन नेपाल कास्कीका सहसचिव लता बरालले छोटो अवधिको भएपनि तालिम प्रभावकारी भएको बताइन् । सहभागी मिना थापाले सिकेकोे तालिमलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न कोशिस गर्ने प्रतिवद्धता गरिन् । कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना, उपनिर्देशक जीवन भण्डारी, बुटिक एसोसियसन नेपाल कास्कीका अध्यक्ष शान्ति श्रीषमगर, सचिव स्वस्ती भट्टराई लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया