कौराहा पुरस्कारका लागि समिति

समाधान संवाददाता २०७९ असार २९ गते १२:०३

पोखरा ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । सोमबार भएको संघको कार्यसमिति बैठकले राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारका लागि संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा ७ सदस्यीय छनोट समिति गठन गरेको सचिव उमा आलेमगरले जानकारी दिइन् ।

Advertisement

छनोट समिति सदस्यमा कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर छन् । सो पुरस्कार आगामी साउन १५ गते प्रदान गरिनेछ । यस पुरस्कारबाट हालसम्म कमला रानामगर, तिलक पुुनमगर, प्रताप रानामगर र एमबी आस्था मगर पुरस्कृत भइसकेका छन् । पुरस्कारको राशि १० हजार नगद र ताम्रपत्र छ ।

पत्रकारिताको माध्यमबाट मगर जातिको मौलिक संस्कृति कौराहा नाचको प्रचारप्रसार र संरक्षणमा योगदान पुर्‍याउने १ मगर पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसैबीच, अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको बैठकले नेपाल मगर पत्रकार संघ, कास्कीको दोस्रो जिल्ला अधिवेशनसमेत आगामी साउन १५ गते नै गर्ने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया