निवृत्त शिक्षकले मनाए भानु जयन्ती

पोखरा ।
नेपाल निवृत्त शिक्षक समाज कास्कीको आयोजनामा पोखरामा भानु जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा कविता वाचन, कृति लोकार्पण, कृति परिचर्चा, प्रवचन तथा स्मृति ग्रन्थबारे छलफल तथा सुझाव संकलन गरिएको छ । समारोहमा नारायण परिश्रमीको गीतकविता र निबन्धहरूको विश्लेषण नाममा २ कृति लोकार्पण भए । यी कविराज बराल र प्रमिला पोखरेलले स्नातकोत्तर तहका लागि तयार गरेका शोधपत्र हुन् ।
परिश्रमीद्वारा रचित अधुरो गाथा कविता संग्रको परिचर्चा समाजका सल्लाहकार तारा पाखे र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक परशुराम कोइरालाले गरे । समाजका कास्की अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष तोयनाथ लामिछाने, सचिव शेषकान्त आचार्य, नारायण परिश्रमी, लक्ष्मण गौतम हिमाली, लक्ष्मण थापा, ऋशिकेष बराल, लीला पण्डित केसी, पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी बिभागका पूर्व प्रमुख डा. मानबहादुर केसी, समाजका अर्का सल्लाहकार कोमल बराल लगायतले बोलेका थिए ।
कृष्ण मल्ल स्मृति ग्रन्थबारे यसका सम्पादकहरू प्राडा यमबहादुर पौडेल क्षत्री र उपप्राध्यापक परशुराम कोइरालाले प्रकाश पारे ।








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया