श्रीकृष्ण कथा कार्यक्रम हुने

पोखरा ।
पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुने भएको छ । पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा हुने सो कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिनेछ ।
कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्यामदास महाराजले संगीतमय कथा प्रवचन गर्ने छन् । ‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहनेछ,’ मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले भने ।
कार्यक्रममा हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब ३ सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । अहिले कार्यक्रमको तयारी तीव्र पारिएको छ । मन्दिर स्थापना काल २०४८ देखि नै बर्सेनि कार्यक्रम गर्ने गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना छ । कार्यक्रमको प्रचारप्रसार गर्दै असार ३२ गते मोटरसाइकल र्याली निकालिनेछ । कार्यक्रम उद्घाटनअघि साउन २ गते कलश यात्रा गर्ने तय छ । साउन २७ गते रक्षबन्धनका दिन विशेष कार्यक्रम हुने जनाइएको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया