उपसभामुखमा एमालेबाट विद्याकाे उम्मेदवारी दर्ता
विद्या कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट विजयी सांसद हुन्

पाेखरा ।
नेकपा एमालेले कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद विद्यादेवी अधिकारी भट्टराईलाई उपसभामुख पदमा निर्बाचन लडाउने भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेकाे तर्फबाट उनी उमेद्वार बनेकी हुन् ।
यसैबीच उपसभामुखमा भट्टराईले मनोनयन दर्ता गराएकी छिन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।
एमालेका लाेकप्रिय युवा नेता स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी भट्टराई कास्की–२ बाट उपनिर्बाचनमा विजयी भएकी हुन् । तत्कालिन पर्यटनमन्त्री रवीन्द्रकाे हेलिकाेप्टर दुर्घटनामा परी निधन भएपछिकाे उपनिर्बाचनमा उनी विजयी भएकी हुन् ।
भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय थियाे । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया