कराँते संघमा गुरुपूर्णिमा

पोखरा ।
नेपाल स्ट्रोङगेस्ट क्योकुसिन कराँते संघ कास्की पोखराले गुरु पूर्णिमा मनाएको छ । नेपाल स्ट्रोङगेस्ट क्योकुसिन कराते संघ कास्कीका संस्थापक एवं प्रमुख प्रशिक्षक शिवबहादुर गुरुङले संस्थाले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्रको नाम राख्न सफल भएको बताए ।
खेलले मानव जीवनमा अनुशासनको समेत पाठ सिकाउने र खेलले राष्ट्र र राष्ट्रियताप्रति खेलाडीलाई जिम्मेवार बनाउने उनको भनाइ छ । क्योकोसिन कराँतेका जिल्ला अध्यक्ष प्रकाश क्षेत्रीले खेलले मानिसको स्वास्थ्य लगायत मानसिक, शारीरिक र बौद्धिक विकासमा ठूलो योगदान दिने उल्लेख गरे ।
प्रशिक्षक कृष्णबहादुर नेपालीले कराँते संघले सिहानतर्फ लक्ष्यबहादुर राना, रत्नबहादुर आले, गणेशबहादुर लामा, विजयकुमार आले मगर र सेनपाइतर्फ एकराज गिरी, वीरेन्द्र केसी, रूपक नेपाली, उपेन्द्र शाह, कुमार रोक्का एवं ब्लाकबेल्टतर्फ जीवन गुरुङ, उज्ज्वल राना, विवेक चौधरी, अनिश बुढामगर, चन्द्रबहादुर रोका, उज्ज्वल गुरुङ, सागर पुन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको बताए ।
कार्यक्रमको अध्यक्षता क्योकोसिन कराँते संघका जिल्ला अध्यक्ष प्रकाश छेत्रीले गरेका थिए भने सञ्चालन प्रशिक्षक विजय आलेमगरले गरेका थिए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया