चुनाव घोषणापत्र अनुसार शीतलादेवी मन्दिरमा महाआरती

पोखरा ।
पोखरा वडा नम्बर १२ स्थित शीतलादेवी मन्दिरमा स्थापना भएको १ सय ९० वर्षपछि बुधबार पहिलोपटक महाआरती गरिएको छ । वडाअध्यक्ष सन्तोष बास्तोलाका अनुसार विसं १८८९ मा स्थापना भएको मन्दिरमा अहिलेसम्म महाआरती भएको थिएन ।
‘शीतलादेवीमा अहिलेसम्म आरती भएको थिएन, मैले आफ्नो चुनावी घोषणा पत्रमा नै भनेको थिएँ मन्दिरमा महाआरती आयोजना गर्छु । मैले त्यति धेरै मान्छे शीतला देवी मन्दिरमा कहिले देखेको थिइनँ । मैले वचन पूरा गरें,’ वडाअध्यक्ष बास्तोलाले भने ।
महाआरतीको समयमा करिब ६ सय जना संलग्न भएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए । महाआरतीमा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पूजा गरेका थिए । महाआरती पूर्व मन्दिरमा विधिपूर्वक पूजा आयोजना गरी ४ बटुकले ‘स्वस्ति वाचन’ गरेका थिए । मेयर आचार्यले वडातहबाट भए पनि चुनावी घोषणापत्र कार्यान्वयन हुनु सुखद भएको बताए ।
पण्डित भुवन आचार्यको अगुवाइमा पूजा भएको थियो । मन्दिरका पुजारी मुक्ति आचार्य छन् । शीतलादेवी मन्दिरका सेवा समिति अध्यक्ष भुवन आचार्य छन् । अबदेखि प्रत्येक महिना महाआरती आयोजना गरिने वडाध्यक्ष बास्तोलाले जनाए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया