स्वास्थ्यमा सहकार्य गर्छौंः मेयर आचार्य

पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउनेगरी काम गर्ने बताएका छन् । त्यसका लागि महानगर, सामाजिक संघ, संस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।
बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याब मेसिन हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रमुख आचार्यले पोखरा सबै हिसाबले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भए पनि कार्यक्षेत्र पोखरा महानगर र समग्र गण्डकी प्रदेशका बासिन्दा रहेकाले महानगरले प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको उनले बताए । मेयर आचार्यले त्यसका लागि आफूहरुले के गर्नुपर्छ गर्ने र प्रतिष्ठानको तर्फबाट पनि त्यही अनुकूलको सहकार्य अपेक्षा गरे । उनले विगतमा सेवा प्रवाह र पूर्वाधार निर्माणका विषयमा देखिएका समस्यातर्फ संकेत गर्दै सेवा दिने सेवाग्राही उही रहेकाले मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।
आचार्यले भने, ‘हाम्रा सेवा दिने सेवाग्राही सबै एउटै हुन् । काम गर्ने एकै ठाउँमा हो । कसैले कसैलाई अन्डरस्टमेट नगरौं । अनदेखा नगरौं । जनतालाई केन्द्रमा राखेर सहकार्य गर्यो भने धेरै काम गर्न सकिन्छ प्रतिष्ठानले पनि त्यो ढंगले सोचोस् ।’ यहाँ धेरै कुरा मिलाएर महानगर सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया